इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले ठगी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक १६ घर भइ हाल इटहरी ८ बस्दै आएका ४३ वर्षीय भक्तबहादुर राई रहेका छन् ।
राईले इटहरी ६ की ६१ वर्षीया एकल महिलालाई उनको श्रीमानको नाममा रहेको करीब दुई करोड ३६ लाख ९८ हजार रुपैँया बराबरको घर जग्गा पास गराई दिन्छु भन्दै अर्के व्यक्तिको नाममा पास गराएको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारबाही तथा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post