पाँचथर : पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
आज (सोमबार) बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेर दुर्घट्ना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ वर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापातर्फ पठाएको तथा अन्य घाइतेहरुको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post