खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौक हरी जोशीको घरबाट तास, नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाऊपालिका ५ का २७ वर्षीय हिराधन राई, साकेला गाऊपालिका २ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोम बहादुर मगर रहेका छन् ।
आज जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु। ७१ हजार २० रुपैया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पाचैँ जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।












Discussion about this post