झापा : झापाको बुद्धशान्ती गाऊपालिका ३ बुधबारे चौक बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ वर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ वर्षीय उमेश बि क र इलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ वर्षीय सुलभ गुरुङ रहेका छन् ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।














Discussion about this post