Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहराको चारकोसेमा कोभिड स्मृति पार्क (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०७८
in समाचार
0
तरहराको चारकोसेमा कोभिड स्मृति पार्क (तस्वीरहरूसहित)
282
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी–धरान सडकखण्डमा पर्ने तरहराको चारकोसेमा कोभिड स्मृति पार्कको स्थापना गरिएको छ । तरहरा जेसीजले निर्माण गरेको कोभिड स्मृति पार्कको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

इटहरी २ को शान्तिनगर सामुदायिक बनमा पर्ने चारकोसेमा निर्माण गरिएको पार्ककको शान्तिनगर सामुदायिक बनका अध्यक्ष केशव मिरिङचिङ मगरले उद्घाटन गरे ।

उद्घाटनपछि कार्यक्रममा सम्बोधन गर्दै मगरले उक्त पार्कको सहि सदुपयोग हुनुपर्ने बताए । ‘जल, जडिबुटी, बन्यजन्तु बनमै भएपनि तिनीहरूको संरक्षण भएको पाइदैंन,’ उनले भने, ‘कोभिडबाट मृत्यु भएका मानिसको स्मृतिमा तयार पारिएको चौतारोमा मानिसलाई थकाई मार्ने माध्यम पनि हुन्छ ।’

उनले उक्त पार्क आसपास वर र पीपलका रूख रोप्न आवश्यक रहेको बताउँदै जेसीजले गरेको उक्त कार्यक्रम कोशेढुंगो साबित हुने तर्क गरे ।

तरहरा जेसीजको सप्ताह कार्यक्रमको दोश्रो दिन कोभिड स्मृति पार्कको उद्घाटन गरिएको अध्यक्ष सन्तोष रेग्मीले बताए ।

उनले भने, ‘दीगो रूपमा पर्यटन प्रबर्द्धनसहित यस क्षेत्रलाई आकर्षक गन्तव्य बनाउनका लागि पनि हामीले यहाँ पार्क स्थापना गरेका हौँ ।’ उनका अनुसार कोभिडबाट मृत्यु भएका मानिसहरूको दाहसंस्कार गरिएको ठाउँमा उक्त पार्क निर्माण गरिएको छ ।

कार्यक्रममा प्राकृतिक द्वन्द रुपान्तरण केन्द्रका संयोजक राजन राईले महत्त्वपूर्ण कामको थालनी गर्नुले भोलिका दिनमा इतिहास बन्ने बताए । पूर्वको एउटा पर्यटकीय क्षेत्र बन्न सक्ने संकेत गर्दै उनले भने, ‘पर्यटन प्रबर्द्धनका लागि राज्यले लगानी गर्नुपर्छ, वातावरण क्षेत्रमा जेसीजले काम गर्नु सकारात्मक हो ।’

जेसीजका पूर्व अध्यक्ष विकास गिरीले कोभिडले थिलथिलो बनेको समयमा कोभिड पार्क स्थापना हुनु सराहनीय रहेको बताए । ‘हिजोको दिनमा कोभिडबाट मृत्यु भएका मानिसको गाउँमै जान डराउने समय थियो,’ उनले भने, ‘आफन्त नै गुमाएका मानिसहरू पनि हिजो डरले यो ठाउँ आउनुभएन होला, तर आज मायाले गर्दा यहाँ आउँनुहुन्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस वडा नं. २० का सभापति अर्जुन बस्नेत, विवेकशील साझा पार्टी इटहरी २० का संयोजक ध्रुव भण्डारी लगायतले बोल्दै सकारात्मक काम रहेको भन्दै प्रशंसा गरे । कार्यक्रम सुरज गुरुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

जेसीज सप्ताह अन्र्तगत पहिलो दिन बुधबार (हिजो) साइक्लिङ गरिएको थियो । यस्तै, शनिबार बिहीबारेमा रक्तदान, आइतबार स्लो बाइक रेस प्रतियोगिता, सोमबार मैत्रीपूर्ण फुटसल र बुधबार सप्ताह समापन तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ ।

 

यो पनि – तरहरामा जेसीज सप्ताह सुरु, पहिलो दिन साइक्लिङ (तस्वीरहरूसहित)

Tags: #जेसीज#तरहराकोभिड स्मृति पार्क
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.