झापा : झापाको अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ वर्षीय कुसल दास रहेका छन् । हिजो राती पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झर्दा दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट गएको प्रहरी टोलीले पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो ।
अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post