इटहरी : प्रहरीले सुनसरीको बराहक्षेत्रबाट कौडा खेलिरहेको अवस्थामा १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले गए राती बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयासमेत वरामद भएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीको भनाइ रहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका ६ का ४८ वर्षीय अगम तामाङ, बराहक्षेत्र ८ का ४१ वर्षीय बसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रदमो साह हलुवाई, ३४ वर्षीय प्रदिप साह हलुवाई रहेका छन् ।
यस्तै, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post