Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तीनदिनदेखि नउठेको फोहर लिबरल सोसाइटीको नेतृत्वमा उठ्यो, तरहरा बजार सरसफाई (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०७८
in टाकुरा विशेष, समाचार
0
तीनदिनदेखि नउठेको फोहर लिबरल सोसाइटीको नेतृत्वमा उठ्यो, तरहरा बजार सरसफाई (तस्वीरहरूसहित)
282
SHARES
Share on FacebookShare on Twitter

तरहरा : शनिबार बिहान । एक–दुई गर्दै दर्जनौँ युुवाहरू भेला भए । इटहरी उपमहानगरपालिका २० तरहराका प्रतिष्ठित व्यक्तिहरूसहित स्कुल, क्याम्पस पढ्ने उमेरका किशोरहरू पनि साथमा थिए । भेला भएको केहीबेरमै बजारका मानिसहरूको ध्यान केन्द्रित भयो ।

भेला भएका उनीहरूमध्ये कसैले झाडु, कसैले कुचो त कसैले फोहर उठाउने डस्बिन बोकेर बजारमा रहेको फोहर सफाई गर्न थाले ।

तीनदिन अघिदेखि बजारमा फोहर भएपनि उठेको थिएन । सोही फोहरलाई सफाई गर्नका लागि यहाँको लिरबल सोसाइटीले नेतृत्व गरेको छ । सोसाइटीका अध्यक्ष सुबेक्छु देवानका अनुसार चाडपर्वको बेलामा बाहिरी जिल्लाबाट आउने मानिसहरूलाई तरहरा फोहरको परिचय भएको भान नहोस् भन्नका लागि सफाई गरिएको हो ।

‘बाहिरबाट चेलीहरू तरहरामा माइत आउँदा तरहरा कस्तो फोहर रहेछ भन्ने नहोस् भन्नका लागि हामीले सफाइ गरेका हौं,’ उनले भने, ‘चेलीले माइती पुज्ने दिन छ्या तरहरा भन्ने नहोस्, त्यही उदेश्यले हामीले सकारात्मक सन्देश दिनका लागि पनि यो काम गरेका हौं ।’

उनका अनुसार लिबरलले दुई वर्षअघि हरेक साताको शनिबार विभिन्न ठाउँमा सरसफाईको अभियान नै चलाएको थियो । तरहरामा सरसफाई अभियान सञ्चालन गरेको सोसाइटीले कोरोना महामारीका बेला पनि संक्रमितका घरमै गएर स्वास्थ्य सेवासहित सेनिटाइज अभियान सञ्चालन गरेको थियो ।

शनिबार (आज) तिहारको अवसरमा लिबरलसहित लायन्स क्लब अफ तरहरा, तरहरा साइक्लिङ लगायतका संस्था पनि सहभागी थिए । लायन्स तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले लिबरलले गरेको सकारात्मक काममा आफूहरूले पनि सहभागी जनाएको बताए ।

‘तरहरामा भएको प्रशंसनीय काममा हामी मनबाटै खुशी भएर साथ दिएका हौं ।’ उनले भने ।

तरहरा साइक्लिङका अध्यक्ष शिवु रुम्दाली राईले पछिल्लो समय साइक्लिङमार्फत जनचेतना फैलाउने बताए । स्वास्थ्य सबल बन्नका लागि सरसफाईसँगै साइक्लिङ आवश्यक रहने उनको तर्क छ ।

‘मानिसको स्वास्थ्य सफल बन्नका लागि सरसफाई आवश्यक हुन्छ,’ उनले भने, ‘सरसफाई सँगै साइक्लिङ गरियो भने फुर्तिलो शरीर बन्छ, त्यसैले मानिस खुशी पनि बन्छन् ।’ उनले तरहरामा आफूहरूले सकारात्मक कामका निम्ति साथ दिने बताए ।

Tags: #तरहरा#लिबरलटाकुरा विशेषसरसफाई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.