Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

कांग्रेस १४ औं महाधिवेशन : ‘बितृष्णा जागेका बेला राजनीतिलाई सम्मानका रूपमा स्थापित गर्नेछु’ – पवन अधिकारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०७८
in अन्तर्वार्ता, टाकुरा विशेष, समाचार
0
कांग्रेस १४ औं महाधिवेशन : ‘बितृष्णा जागेका बेला राजनीतिलाई सम्मानका रूपमा स्थापित गर्नेछु’ – पवन अधिकारी
183
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ ।

हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको एक नाम हो – पवन अधिकारी । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएका छन् ।

अधिकारी २०४४ साल भदौ १४ गते इटहरी वडा नं. २ मा जन्मिएका हुन् । १७ वर्षको उमेरदेखि नै पत्रिका घरघरमा बाढ्दै पत्रकारितामा सम्भावना खोजेका उनले केही वर्ष पत्रिका वितरण गरे । पत्रिका वितरण गर्ने क्रममा गाउँठाउँका समाचार सम्प्रेषण गर्दै गए । विस्तारै उनलाई समाचार लेखनमा रस पस्दै गयो । र, समाचार लेखनसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । उनले १५ वर्ष समाचार लेखनीमै सक्रिय भए । पत्रकारितामा भविष्य खोज्दै गरेकाहरूका लागि उनी मार्गनिर्देशक पनि हुन् ।

मैले गरेको विगतका कामको सफलता नै चुनाव जित्ने महत्वपूर्ण आधार छ । राजनीतिमा जित हार सामान्य कुरा हुन् । यही सामान्य भित्रको असामान्य कुरा चैं चुनावी मैदानमा होमिनु हो ।

पत्रकारितामार्फत आम मानिसको आवाज बोल्ने पत्रकारहरूले राजनीतिमा पनि अवसर पाएमा सकारात्मक काम गर्न सकिने उनको आत्मविश्वास छ । शिक्षाशास्त्र संकायमा स्नातकोत्तर गरेका उनी हाल नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष रहेर पत्रकारको हितमा उत्प्रेरित काम समेत गर्दै आएका छन् ।

अधिकारी बेरोजगार युवा पुस्ताका लागि रोजगारको अवसर सिर्जना गर्ने जव लिङ्क संस्था सञ्चालक र विज्ञापन व्यवसायीको रूपमा नाम चलेका व्यक्ति हुन् । अधिकारी नेपाल विज्ञापन संघ प्रदेश नं. १ का अध्यक्ष समेत छन् । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेको प्रसंगमा केन्द्रित रहेर उनै अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप :

पत्रकारिता गरिरहनुभएका तपाईँ सक्रिय राजनीतिमा किन ?

हाम्रो जीवनलाई सहज र व्यवस्थित ढंगले अघि बढाउनुका साथै समाजलाई सही मार्ग गर्न राजनीतिको आवश्यकता हुन्छ । पत्रकारितामा हामीले सम्भावना देखेर सफल रूपमा काम गर्न सक्छौं भने राजनीतिमा किन नसक्ने भन्ने उद्देश्यले सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सम्भावना देख्नेहरूले अवसर पाउनुपर्छ भन्ने उद्देश्यका साथ यो अभियानमा लागेको हुँ । र, म राजनीतिमा लाग्दा पुरानो पुस्तालाई अझै जिम्मेवारीपूर्वक सम्मान गरेर उचित स्थान दिनेछु ।

राजनीतिका लागि मेरो आवश्यकता छ भन्ने अग्रजहरूको मार्गनिर्देशन र म आफैंले पनि महसुस गरेका कारण सक्रिय राजनीतिमा आएको हुँ । राजनीति प्रति आम सर्वसाधारणको बितृष्णा जागिरहेको समयमा यो बितृष्णालाई सम्मानका रूपमा स्थापित गर्नका लागि पनि यस क्षेत्रमा लाग्ने अठोट गरेको छु । राजनीतिमा युवा पुस्तालाई सम्भावना देखाएर आकर्षित गर्नका लागि पनि सक्रिय रुपमा राजनीतिमा लागेको हुँ ।

राजनीतिमा बितृष्णाको कुरा गर्नुभयो । कस्ता बितृष्णा छन्, कसरी सम्मानका रूपमा स्थापित गर्न सकिन्छ ?

एउटै पार्टीका नेताले पनि आफ्नै पार्टीका नेतालाई सम्मान गर्न नसकिरहेको अवस्था छ । यसको मुख्य जड भनेकै पार्टीभित्रको गुट हो । गुट भन्दा माथि उठेर पार्टीमा रहेका मानिसहरूको हितमा काम गर्नका लागि मेरो उम्मेदवारी हो ।

राजनीतिमा मेरो अभ्यास र साधनाले सकारात्मक काम गर्न सकिन्छ भन्ने महसुस गर्दै आवश्यकता देखेर अगाडि बढ्ने प्रयत्न गरिरहेको छु । आफूले काम गर्न सक्ने क्षेत्रमा अवसर खोज्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्दै गर्दा आवश्यकता महसुस गरेको हुँ ।

जसरी प्रेस युनियनमा रहेर सबै पत्रकारहरूलाई एकीकृत गरेर समेटेर काम गरें, त्यसरी नै राजनीतिमा पनि चुनाव जितेको अवस्थामा सबै नेताहरूसँगको सहकार्यमा सकारात्मक काम गर्ने प्रतिवद्वता दिलाउँछु । प्रेस युनियन नेतृत्व गरि रहँदा कोरोना माहामारीका बेला मानिसहरू घरबाटै निस्कन डराएको समयमा हामीले पत्रकारहरूको घरमै पुगेर आवश्यकता अनुसारका सामग्रीहरु पु¥याएको अवस्था छ ।

त्यसैगरी, कोरोना बीमा गरेर ३० जना पत्रकारलाई एक लाखका दरले रकम समेत वितरण गरेका छौं । यस्तै, अहिले हामीले पत्रकारको दुर्घटना बीमा पनि गरेर दुर्घटनामा परेका पत्रकारहरूलाई राहत हुनेगरी रकम पनि वितरण गरिरहेको अवस्था छ । मैले यी कुरा स्मरण गर्दै गर्दा राजनीतिमा पनि रचनात्मक काम गर्नेछु भन्ने म आफैंलाई विश्वास भएका कारण सम्मानजनक रूपमा काम गर्ने प्रतिवद्वता जनाउँछु ।

राजनीतिमा तपाईंको आवश्यकता किन ?

मैले माथि पनि उल्लेखित गरिसकेको छु । अग्रजलाई सम्मान गर्दै उहाँहरूकै मार्गनिर्देशनमा राजनीतिमा अवसर खोजिरहेको छु । अहिले जसरी राजनीतिमा युवाहरूको चाम बढ्दो छ, त्यसरी नै म पनि यस क्षेत्रमा सम्भावना देखेका कारण मैले मेरो आवश्यकता महसुस गरेको हुँ ।

राजनीतिमा मेरो अभ्यास र साधनाले सकारात्मक काम गर्न सकिन्छ भन्ने महसुस गर्दै आवश्यकता देखेर अगाडि बढ्ने प्रयत्न गरिरहेको छु । आफूले काम गर्न सक्ने क्षेत्रमा अवसर खोज्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्दै गर्दा आवश्यकता महसुस गरेको हुँ ।

तपाईंले चुनाव जित्ने आधार के के हुन् ?

राजनीतिलाई समाजसेवाको रूपमा बुझेको छु । कतिपय मानिसहरू राजनीतिलाई व्यवसाय समेत बनाइरहेका छन् । १५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदा समाजमा नागरिकहरुको आवाजलाई सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गर्दा खेलको भूमिका, नेपाली कांग्रेस निकट प्रेस यूनियन जिल्ला नेतृत्वमा रहेर पार्टीका लागि गरेको सहयोग साथै युवा पुस्तालाई रोजगारको अवसर सिर्जना गरेका कारण पनि मेरो धेरै मानिसहरूसँग निकटता छ । मैले गरेको विगतका कामको सफलता नै चुनाव जित्ने महत्वपूर्ण आधार छ ।

राजनीतिमा जित हार सामान्य कुरा हुन् । यही सामान्य भित्रको असामान्य कुरा चैं चुनावी मैदानमा होमिनु हो । अहिले म चुनावी मैदानमा छु, आशा छ क्षेत्र नं. २ का प्रतिनिधिहरूले सकारात्मक काम गर्नका लागि पहिलोपटक मनसँगै मत दिएर अवसर प्रदान गर्नुहुनेछ ।

अन्त्यमा केही ?

महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट चारजना महिलासहित १४ जना प्रतिनिधि छानिदैं हुनुहुन्छ । यसका लागि थुप्रै अग्रज तथा युवा साथीहरू चुनावी मैदानमा हुनुहुन्छ । पुरानो पुस्ता र अब्बल रूपमा राजनीति गरिरहनुभएका सबैलाई सधैं सम्मान छ ।

योसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोज्नेहरूका लागि क्षेत्रीय प्रतिनिधिहरूले विश्वास गरेर मत दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । म तपाईंहरूको नजरमा पर्छु भन्ने पूर्ण विश्वास छ । काम गर्नका लागि राजनीतिमा आएकोले मलाई मत दिएर मौका दिनुहोस् । मेरो राजनीतिक भविष्य तपाईंकै हातमा छ । तपाईंले सही निर्णय गर्नु नै हुनेछ ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसअन्तर्वार्ताकांग्रेस १४ औं महाधिवेशनटाकुरा विशेषपवन अधिकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
पर्यावरण

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

by रासस
जेष्ठ २०, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३
विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.