Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कमाइ गर्न काठमाडौं छिरेका नवल नेपाल यसरी भए फिल्म निर्देशक

कामलाई महसुस गर्न नसक्नेहरू ‘सेलिब्रेटी’ भइरहेका छन्

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
मंसिर २, २०७८
in टाकुरा विशेष, समाचार
0
कमाइ गर्न काठमाडौं छिरेका नवल नेपाल यसरी भए फिल्म निर्देशक
191
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एसएलसी सकेपछि उच्च शिक्षाका लागि २०५१ सालमा काठमाडौँ छिरेका तरहराका नवल नेपाल हाल नेपालका चर्चित फिल्म निर्देशक हुन् । पढाइसँगै कमाइ गर्नका लागि काठमाडौं छिरेका उनलाई कलाकार बन्ने सानैदेखिको इच्छा थियो । भनिन्छ, तिमी इच्छा गर भगवानले पु¥याउँछन् । नभन्दै यस्तै भयो, उनको जिन्दगीमा ।

‘कमाइ गर्न भनेरै काठमाडौं गएको हुँ, यद्यपि कलाकार नै बन्छु भन्ने अठोट पनि थियो,’ उनले सुनाए, ‘स्कुलताका समयमै नाटक लेखेर गाउँघरमै मञ्चन पनि गरियो ।’ बाल्यकालदेखिको नै सिनेमा र नाटकप्रतिको मोहले गर्दा होला उच्च शिक्षासँगै उनले यस क्षेत्रलाई छोडेनन् ।

उनले आफू काठमाडौं छिरेपछि सिनेमामै काम गर्ने उद्देश्यलाई भने निरन्तरता दिएको बताए ।

‘तत्कालीन समयमा तरहरा विकासोन्मुख सहरको रूपमा परिचित हुँदैथियो,’ उनले भने, ‘पढाईसँगै कमाई गर्नका लागि छिरेको म आइए सकेर फिल्म क्षेत्रमा काम गर्ने अवसर जु¥यो ।’

उनले साबिकको हाँसपोसा हाल इटहरी २० तरहरामा २०४६ सालदेखि ५० सालसम्ममा विभिन्न नाटक पनिमञ्चन गरेको स्मरण गरे । ‘यहाँको बिहीबारेमा खाट बिछ्याएर त्रिपालले घेर्थ्र्यौँ, ट्युब लाइट बालेपछि नाटक सुरु हुन्थ्यो,’ उनले स्मरण गरे, ‘गाउँघरमा नाटक मञ्चन हुँदा मलाई अग्रपंक्तिमा राखिन्थ्यो, सबैले प्रोत्साहन पनि गर्नुहुन्थ्यो ।’

स्थानीय अग्रजहरूको प्रोत्साहनकै कारण आफूले करीब आधा दर्जन बढी नाटक मञ्चन गरेको उनले बताए ।‘नाटकमा म कमेडी टायपको रोलमा खेल्थें, अहिले आएर यति भावनात्मक र संवेदनशील हुन्छु भन्ने मलाई पनि थाहा थिएन,’ एकछिन भावुक बने र पुनःबोल्न सुरु गरे, ‘नाटकको समयमा पसल–पसलमा गएर टिकट बेच्थ्यौँ, मज्जा हुन्थ्यो ।’

नाटकमा म कमेडी टायपको रोलमा खेल्थें, अहिले आएर यति भावनात्मक र संवेदनशील हुन्छु भन्ने मलाई पनि थाहा थिएन,’ एकछिन भावुक बने र पुनःबोल्न सुरु गरे, ‘नाटकको समयमा पसल–पसलमा गएर टिकट बेच्थ्यौँ, मज्जा हुन्थ्यो ।’

फिल्मी क्षेत्रमा विगतको तुलनामा अहिले आकाश पातालको फरक रहेको उनको बुझाई छ । उनले भने, ‘त्यसबेला काम बिग्रिएला कि भनेर सचेत हुन्थ्यौं, सिनियरहरूसँग डर हुँदा गहिराइमा पुगेर काम गरिन्थ्यो, अहिले त्यसो छैन ।’ अहिले आम मानिस तैरिएर काम गर्ने गरेको उनको तर्क छ । सृजनशील मानिस व्यापारी बन्न नहुने तर्क राख्दै उनले भने, ‘अहिले हामी तैरिएर काम गर्छौँ, डुबेर होइन, हामी साँच्चैको व्यापारी भयौँ, सृजना गर्ने मान्छे व्यापारी हुनुहुँदैन ।’ उनले अहिले कामलाई महसुस गर्न नसक्नेहरू ‘सेलिब्रेटी’ भइरहेको स्मरण गरे ।

‘व्यापारिक र समीक्षात्मक हिसाबमा अहिले पहिलाभन्दा धेरै फरक छ,’ नयाँ पुस्ताबारेको अध्ययन र बुझाईको चिन्ता गर्दै निर्देशक नेपालले भने, ‘त्यसबेला मौलिकता हुन्थ्यो, माटोको बास्ना र आफ्नोपन हुन्थ्यो, अहिले हामीलाई ‘सिन’मा देखाउनु मात्रै छ, हामी अल्छी भएका छौं ।’ पेश्की लिएर काम गर्ने मान्छेले झारो मात्रै टार्ने गरेको उनको अनुभव छ । उनका अनुसार अध्ययन गरेर गहिराइमा पुगेर काम गर्नेहरू धेरै छन् । तर, गर्नेभन्दा नगर्नेले छोपिदिने भएकाले समस्या हुने उनले सुनाए । ‘जसले सुख र सयलमा आफ्नो भविष्य निर्माण गर्छ, उस्को भविष्य खुशी हुँदैन,’ उनले सुनाए, ‘जसले दुःखमा भविष्य निर्माण गर्छ, उसको भविष्य उज्यालो हुन्छ ।’

नेपालसँगको बसाईमा उनी घरीघरी भावुक बन्थे । घरी खुशीले पुलकित पनि बन्थे । एकछिन विगततिर फर्किन्थे त एकैछिनमा भविष्यको चिन्ता पनि गरिहाल्थे ।

‘जसले सुख र सयलमा आफ्नो भविष्य निर्माण गर्छ, उस्को भविष्य खुशी हुँदैन,’ उनले सुनाए, ‘जसले दुःखमा भविष्य निर्माण गर्छ, उसको भविष्य उज्यालो हुन्छ ।’

‘पढाइसँगै कमाइ गर्न काठमाडौँ छिरेको मैले पढाइ र काम सँगै जाँदैन रहेछ भन्ने बुझेँ, आइए सकेर फिल्म क्षेत्रमा लागेपछि पढाइ ‘ग्याप’ भयो,’ उनले भने, ‘पढ्ने चैं अझै रहर छ, पढियो भने गहिराइमा गएर काम गर्न सकिन्छ भन्ने अनुभव छ ।’

कयौं रातहरू पानी र बिस्कुटमा पनि गुजारा भएको स्मरण गर्दै भने, ‘अहिले सबैजना व्यापारी भएका छन्, मैले देशलाई के दिएँ भन्दापनि मैले कति कमाएँ भन्नेमा मानिसको ध्यान केन्द्रित छ ।’

आफूले राम्रो काम गरे पैसा आफ्नो पछाडि दौडने उनको तर्क छ । फिल्म क्षेत्रको भविष्य उक्सन समय लाग्ने भएपनि यो क्षेत्रमा सपना खोज्नेहरूको भविष्य अझै उज्यालो रहेको उनले बताए । फिल्मी क्षेत्रमा हाल गाह्रो अवस्था रहेपनि भोलि गएर राम्रो हुन्छ भन्ने उनको अपेक्षा छ ।

‘भविष्य राम्रो छ भनिरहँदा कस्ता चलचित्र निर्माण हुन्छन् भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अबको समयमा प्रविधिको प्रयोग गर्दै आफ्नै मौलिकता, आफ्नै भावनालाई समेटेर दर्शकले पत्याउने सिनेमा बनाउनुपर्छ, सबैले बुझ्ने भाषामा भन्नुपर्दा पत्यारिलो सिनेमा हुनुपर्छ ।’

उनले फिल्मको कथावस्तु, भूमिका, संवाद, देखिरहेको तर मतलब नगरेका घटनाको उठान हुनुपर्ने बताउँदै कथा अध्ययन गरेर बनाएमा त्यस्ता सिनेमालाई दर्शकले पत्याउने बताए ।

‘भविष्य राम्रो छ भनिरहँदा कस्ता चलचित्र निर्माण हुन्छन् भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अबको समयमा प्रविधिको प्रयोग गर्दै आफ्नै मौलिकता, आफ्नै भावनालाई समेटेर दर्शकले पत्याउने सिनेमा बनाउनुपर्छ, सबैले बुझ्ने भाषामा भन्नुपर्दा पत्यारिलो सिनेमा हुनुपर्छ ।’

आफूले अहिले तीनवटा कथा तयार पारेको बताउँदै भने, ‘तीनवटा फाइनल कथा तयार गरेको छु, सुटिङ गरिहाल्नका लागि धेरै तालमेल मिल्नुपर्छ, लगानीको सुनिश्चितता पनि हुनुपर्छ ।’ चलचित्र निर्माणका लागि केही मानिसहरूसँग कुरा भइरहेकाले अब केही समयमै निर्माणलाई गतिदिने उनले बताए । निर्देशक नेपालले ‘तस्वीर’, ‘श्रीमान’, ‘महसुस’, ‘लज्जा’, ‘भाग सानीभाग,’‘मंगलम’, ‘मारुनी’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

 

Tags: चलचित्रटाकुरा विशेषनवल नेपाल
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.