झापा : झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरधनी मोहन कुमार तामाङ, सोही स्थानका ३८ वर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, दमक ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३ बुङ तास र नगद एकलाख २० हजार ५०० सहित पक्राउ गरेको हो ।
पक्राउ परेका छ जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post