इटहरी : इटहरी प्रहरीले हत्यामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ४ का मदन शाही रहेका छन् ।
‘इटहरी ४ मा एक महिलासँग बस्ने गरेका रहेछन्, ती महिला गर्लफ्रेन्ड हो कि को हो,’ डीएसपी खड्काले भने, ‘प्रहरीले खोजी गरिरहेको छ भन्ने थाहा पाएपछि भागेर धरान गएका रहेछन् ।’ उनका अनुसार धरान विजयपुरबाट शाहीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।
‘हामीले अस्तिको दिन पक्राउ गरेपनि आज प्लेनमा पठाएका छौं’ डीएसपी खड्काले भने ।
कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यामा संलग्न रहेको आरोप लागेका शाही भागेर इटहरी आएको खुलेको थियो । अघिल्लो साता युवाहरूको एक समूहले टीकापुरामा भुपेन्द्रको हत्या गरेका थिए ।
भुपेन्द्रको हत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।
केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।














Discussion about this post