दमक : झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय टेकबहादुर कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदीप थापा र कमल गाउँपालिका ५ का ३० वर्षीय सुरेश सुव्वा रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई तीन बुङ तास र नगद २९ हजार ७४५ रुपैँया सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post