इटहरी : इटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा चितवन भरतपुर १० घर भइ इटहरी ४ मा कोठा गरी बस्ने ३० वर्षीय संजय लामा रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउनसुगर ९ ग्राम २० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post