झापा : झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (आज) दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आफैं अनियन्त्रित भइ पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको हो ।
अन्य घाइते भएकाहरूमध्ये ११ जनाको बिएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post