रामधुनी “ सुनसरीको रामधुनी नगरपालिका ६ इचौलमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ६ चकरघट्टीका २२ वर्षीय मुकेश मल्लाह रहेका छन् ।
कान्छी चौकबाट कालाबन्जरतर्फ जाँदै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना हुदाँ पछाडिको ट्रलीले किचेर गम्भीर घाइते भएका मल्लाहको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post