मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० वर्षिय सल बहादुर गुरुङ र २० वर्षिय सागर गोसनी रहेका छन् ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय पथरीबाट गएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post