धरान : धरानको वडा नं ६, लिम्बूचौरीस्थित एक घरमा आगलागी भएको छ ।
स्थानीय रामबहादुर खड्काको घर आगलागीबाट जलेर नष्ट भएको हो । आगलागीको कारण र क्षतिको विवरण भने आइसकेको छैन ।
धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रण लिएका छन् । काठको घर भएकाले लामो प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।
घरमा भएको सामान तथा खाद्यान्न निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।














Discussion about this post