मोरङ : बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १६ का १९ वर्षिय कैलाश मल्लिक रहेका छन् ।
हिजो बेलुका भारतबाट नेपाल तर्फ आउदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट गएको प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मल्लिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post