झापा : झापाको मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ वर्षीय भीम प्रसाद पौडेल रहेका छन् ।
बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाइकल ठक्कर हुँदा दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post