झापा : झापाको बुद्धशान्ति गाँउपालिका–३ बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका–३ का २५ वर्षिय पासाङ तामाङ रहेका छन् ।
मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका–३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि. सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा इलाका प्रहरी कार्यालय बुधबारेबाट गएमने प्रहरी टोलिले हिजो बिहान तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।












Discussion about this post