तरहरा : विश्व मानवअधिकार दिवसको अवसर पारेर इटहरी २० मा रहेको तरहरा मोडेल एकेडेमीमा जुनियर रेडक्रस र स्कूल क्याप्टेन तथा हाउस क्याप्टेनको निर्वाचन सम्पन्न गरिएको छ ।
एकेडेमी लेभलबाटै भोट हाल्ने अधिकार सबैले पाउनुपर्छ भन्ने उदेश्यका निर्वाचन सम्पन्न गरिएको विद्यालय संस्थापक समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
विद्यालयका प्रिन्सिपल विनोद कार्कीले निर्वाचनको निरीक्षण गरेका थिए ।
विद्यालयका सह-प्रधानाध्यापक अनिल दाहालका अनुसार निर्वाचनमा सबै नागरिकको उत्तिकै भूमिका हुन्छ र सोही भूमिका विद्यार्थीलाई बुझाउन निर्वाचन गरिएको हो ।
आदर्श खतिवडाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम घनश्याम रिमालले सन्चालन गरेका थिए ।














Discussion about this post