झापा: लागुऔषध ब्राउन सुगरसहित एक जनालाई झापाबाट सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली कमलमाई नगरपालिका वडा नं. १२ का २९ वर्षीय मिन प्रसाद फुँयल रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
शनिबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं ६ मेचीडाँडाँमा गएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्ने क्रममा फुयाँलको साथबाट फेला पारिएको गणका डिएसपी प्रेमबहादुर भण्डारीले बताएका छन् ।
घटनापछि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइएको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।












Discussion about this post