इटहरी : इटहरीकी सन्ध्या उपाध्याय (निक्की शर्मा) को पहिलो उपन्यास संग्रह ‘अभागिनी आमा’ लोकार्पण गरिएको छ ।
शनिबार इटहरीमा आयोजित एक कार्यक्रमकाबीच उपाध्यायको उपन्यास संग्रहको लोकार्पण गरिएको हो ।
डियर कल्याण साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोख्रेल, प्राज्ञ दधिराज सुवेदी, डा. गोपाल भण्डारी, प्रा. डा. बद्रीविशाल पोख्रेल, रमेश घिमिरे लगायतले कृतिको लोकार्पण गरेका थिए ।
लेखिका उपाध्यायले आफ्नो साहित्य लेखनमा पहिलो पाहिला रहेकाले दीर्घकालीन रूपमा साहित्य लेखनीमै समय दिने बताइन् ।
उपन्यासमा मैले देखे भोगेका घटनालाई औपन्यासिक स्वरूप दिएको पारिवारिक र सांसारिक सुख प्राप्तिमा छट्पटिरहेकी आमा र छोरीको वेदनालाई पस्कने जमर्को गरेको उनले बताइन् ।
पुस्तकमा वरिष्ठ भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले भूमिका लेखेका छन् भने आवरण परिकल्पना भीष्म धमालको रहेको छ ।डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरेका अनुसार विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको संस्थाले साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको छ ।














Discussion about this post