झापा : झापाको बिर्तामोड नगरपालिका २ स्थित भित्री सडक खण्डमा कार र मोटरसाइकल जुधेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १९ च ४०५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना २० प २१८८ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का ५० वर्षीय नगेन्द्र भण्डारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै सवारी साधन र कारका चालक झापाको बाह्रदशी गाउँपालिका ४ का ३९ वर्षीय टङ्कबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post