इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा कर्मचारीहरूले निर्माणका काममा कमिसन खाने गरेको खुलाएका छन् ।
इटहरी १७ मा मंगलबार आयोजित आँखा अस्पताको शिल्यानास गर्दै नेता नेपालले भने, ‘एउटा योजनामा दस लाख रुपैँया पैसा छरिसकेपछि त्यहाँ बस्ने कर्मचारीले कम्तीमा पनि एक–एक लाख रुपैँया खान्छ, एक–एक लाख खुवाउन बाँडिएको त्यो पैसा दुई लाख उसको कर्मचारीलाई बाँडिदिएको हुन्छ ।’
उनले स–साना योजना निर्माणमै कर्मचारीले कमिसनको नाममा दुई लाख सम्म लुट्ने गरेको आरोप लगाए ।
‘पैसा खर्च गर्न, डुबाउन र लुट्नका लागि खर्च गरिएको हुन्छ,’ उनले भने, ‘हामीकहाँ प्रत्येक काममा ढिलासुस्ती मात्रै छ, कुनै पनि काम समयमा सम्पन्न हुँदैन ।’ हरेक निर्माणका काममा अगाडि नै भुक्तानी दिनुभन्दा पनि काम सम्पन्न भएपछि पैसा दिनुपर्ने उनले बताए ।
‘सबै ठाउँमा सेटिङ र भ्रष्टाचारले बिगारेको छ,’ उनले भने, ‘जबसम्म भ्रष्टाचारगत प्रवित्तिलाई समाप्त पार्दैनौँ, यो देशले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन ।’
देशमा मेहनत गरेर कमाउने भन्दा पनि लुटेर खानेको संख्या बृद्वि भएको उनको भनाइ छ । उपभोक्ताबादी प्रवित्ति भएकाको संख्या बढेकाले सचेत रहनुपर्ने उनले बताए ।
भिडियो














Discussion about this post