तरहरा : इटहरी उपमहानगरपालिका २० तरहराका सुनिल तिम्सिना नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी पदमा निर्वाचित भएका छन् ।
पोखरा जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको निर्वाचनमा तिम्सिना कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
तरहरा जेसीज वर्ष २०२० का अध्यक्ष समेत रहेका उनी नेपाल जेसीज वर्ष २०२१ का उपाध्यक्ष हुन् । पेशाले प्राध्यापन रहेका उनी जेसीजका कुशल प्रशिक्षक पनि हुन् ।
तरहरा जेसीजका पूर्व अध्यक्ष विकास गिरीका अनुसार तरहराले दोस्रोपटक नेपाल जेसीजको कार्यकारिणी पदमा जीत हासिल गरेको हो । यसअघि वर्ष २०११ मा रामकुमार गिरी कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै, नेपाल जेसीज वर्ष २०२२ को अध्यक्षमा त्रिभुवन जेसीजका लालमणी भण्डारी विजयी भएका छन् । अध्यक्षमा पाँचजनाको उम्मेद्बारी थियो ।
यता, कार्यकारिणी उपाध्यक्षमा तरहराका तिम्सिनासहित धरान जेसीजका दीपेन्द्र निरौला, कर्णाली जेसीजका अनिलबहादुर शाही र बालकोट जेसीजकी रमा प्याकुरेल निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्षमा नौ जनाको उम्मेद्बारी थियो ।














Discussion about this post