झापा : झापाको कचनकवल गाउँपालिका २ मा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् ।
आज (शनिबार) दिउँसो साढे १२ बजे डब्लु ७४ पी ९७१७ नम्बरको मोटरसाइकल र मे ४ प ९५०० नम्बरको मोटरसाइकल ठक्कर हुँदा गम्भीर घाइते भएका राजवंशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post