पाँचथर : घरायसी विवाद हुदा पाँचथरको फाल्गुनन्द गाउँपालिका २ ईम्बुङका ईन्द्र कुमार नेम्बाङले श्रीमतीको हत्या गरेका छन् ।
पौष ९ गते दिउँसो घरमा सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिसको आवेगमा आएर श्रीमानले आफ्नै श्रीमती ४५ वर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले अभियुक्तलाई प्रकाउ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post