इटहरी : कोरोना भाइरस संक्रमणका कारण दुईवर्ष देखि हुन नसकेको ए डिभिजन जिल्ला लिग फुटबल सुनसरीमा पौष १५ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा बिभाजित गरिएको छ । समुह क मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन् ।
यस्तै समूह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन् भने इटहरीका राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
१७ लाख रुपैँया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले ३० हजार रुपैँया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए ।
ए डिभिजन लिग सकिए लगत्तै जिल्लास्तरिय बी डिभिजन लिग सुरु गरिने एन्फा सुनसरी कोषाध्यक्ष कोबिदजंग कार्कीले बताए ।












Discussion about this post