झापा : आफैँले चलाएको ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका ४ का २५ वर्षीय सुनील हेमरम छन् ।
प्रहरीका अनुसार बिरिङखोलामा बालुवा लिन जानेक्रममा झापा ३, रोहीमारीको मुखियाटोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अति विपन्न परिवारका हेमरमको निधनसँगै उनका श्रीमती, एक छोरा र एक छोरीको लालनपालनमा समस्या उत्पन्न भएको छ ।














Discussion about this post