झापा : झापामा तीनजना चढेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर रूखमा ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति दमक नगरपालिका २ भाङबारीमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर रूखमा ठोक्किँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।
मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post