विराटनगर : विराटनगरस्थित सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर प्रकाश पौडेल पक्राउ परेका छन् ।
विराटनगरबाट काठमाडौँ पुगेको सौर्य एयरलाइन्सको विमानमा ५० लाख नगद बरामद भएपछि शनिबार साँझ पौडेल पक्राउ गरेका हुन् ।
साढे १ बजेको उडानमा जाँच नै नगरी पठाइएको पोको खोल्दा उक्त नगद भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पौडेलले विमानमा राखेको पोकोबारे सोधीखोजी गर्दागर्दै विमान उडेपछि काठमाडौँमा चेकजाँच गर्न लगाइएको थियो ।
शंकास्पद नगद कसको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post