इटहरी : सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लबले जीत हात पारेका छन् ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । धरानको जीतमा रिवश मास्के र सुगास जीमीले एक–एक गोल गरे ।
मास्केले खेलको १३ औँ र जिमीले ३१ औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यानअफ द म्याच विजयी टिम धरान फुटबल क्लबका सुगास जीमी घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार पाए ।
आइतबार नै सम्पन्न दोस्रो खेलमा राष्ट्रिय जागृति क्लबले इटहरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि अनिष चौधरी, स्मित तामाङ र समिट कुमार चौधरीले एक–एक गोल गरे ।
अनिषले दोस्रो हाफको १४ औंँ, स्मितले ३३ औंँ र समिटले ३७ औँं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच समिट कुमार चौधरी घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार पाए ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरी काआठ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।












Discussion about this post