इटहरी : राष्ट्रिय जागृति क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरूमा जीत निकाल्दै समूह ख बाट समूह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो संगै जिल्ला लिगको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।
अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहीबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृति क्लबले धरानको गोधूली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ ।
इटहरी रंगशालामा आज भएको पहिलो खेलमा राष्ट्रिय जागृति क्लबले लगातार तेस्रो जीत निकाल्ने क्रममा धरानको टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थान सहित सेमिफाइनल प्रवेश गरेको हो ।
उसको जीतमा म्यान अफ द म्याच निकेश तामाङले खेलको २१ औं मिनेटमा गोल गर्दा स्मित तामाङले २५ औं मिनेटमा गोल गरे ।
मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समूह उपबिजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । धरानको जीतमा सुगम जीमी र रिवश मास्केले एक–एक गोल गरे ।
जीमीले खेलको १९ औ र मास्केले २९ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ ।












Discussion about this post