धरान : २२ औं संस्करणको गोधूली फुटबल रनिङ कपको उद्घाटन खेलमा धरानको १५ नं. वडाले विजय हात पारेको छ ।
आज धरान रंगशालामा भएको उद्घाटन खेलमा १५ नं. वडाले ३ नं. वडालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । धरान १५ का लागि खेलको ११ औं मिनेटमा नै नगेन्द्र राईले गोल गरेका थिए ।
त्यस्तै, खेलको पहिलो हाफमा बसन्त बाँनियाले २ गोल थपे । यस्तै, भने ३ नं. वडाका दिवस क्षेत्रीले एक गोल गरी पहिलो हाफमा ३–१ को स्थितिमा पु¥याएका थिए ।
खेलको दोस्रो हाफमा १५ नं. वडाले थप २ गोल ग¥यो । उसका लागि मिलन लिम्बू र सुगम जिमीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच १५ नं. वडाका प्रज्ञान देवान घोषित भए ।
उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद एक हजार पाँच सय पुरस्कार प्रदान गरे । भोलिको खेल धरानको वडा नं. ८ र ४ का बीच धरान रंगशालामा ३ बजे हुने आयोजकले जनाएको छ ।












Discussion about this post