विराटनगर : विराटनगरमा मास्क नलगाइ हिँड्नेलाई जरिवाना हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको छ । मास्क नलगाइ हिँड्नेलाई अबदेखि एक सय रुपैँया जरिवाना तोकिएको छ ।
जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको हो ।
अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भीडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो ।
अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ । मापदण्ड पालना नगर्ने व्यवसायीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल तथा व्यवसायीलाई माघ १ गतेदेखि जरिवाना गरिनेछ ।














Discussion about this post