इटहरी : एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको दोस्रो क्वाटरफाइनल खेलमा एकता युवा क्लबले विराट स्पोर्टस एकेडेमी बिराटनगर माथी २–१ गोल अन्तरको जीत निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
एकता क्लबको जीतमा सञ्जय धिमाल र रोमन भुजेलले एक–एक गोल गरे । धिमालले पहिलो हाफको ८ औं मिनेटमा र भुजेलले ३५ औं मिनेटमा गोल गरेका हुन् । विराट स्पोर्टस एकेडेमीको तर्फबाट नवीन चौधरीले दोस्रो हाफको ३७ औं मिनेटमा १ गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच एकता युवा क्लबका सञ्जय धिमाल घोषित हुदै नगद २ हजार रुपैँया पाए ।
बुधबारको तेस्रो क्वाटरफाइनल खेल पूर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैँचा र दुहबी स्पोर्टस एकेडेमीबीच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैँया पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।












Discussion about this post