धरान : धरानमा भइरहेको गोधूली फुटबल रनिङ्ग कप अन्तर्गत आज (मंगलबार) भएको खेलमा धरानको वडा नं. १३ र १८ विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा धरान १३ ले धरान ७ विरुद्ध फराकिलो जीत हात पारेको छ । १३ नं. वडाले ७–० गोल अन्तरको जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
खेलको ७ औं मिनेटमा धरान १३ को तर्फबाट विवेक राई ‘बी’ र खेलको २२ ओैँ मिनेटमा मिलन लिम्बूले गोल गर्दै पहिलो हाफमा १३ नं. वडा २–० गोल अन्तरले अघि थियो ।
दोस्रो हाफमा १३ नं. वडाले गोलको वर्षा ग¥यो । खेलको ४७ औं मिनेटमा वबवेक राई ‘ए’ ले गोल गरे । लगत्तै परिवर्तन श्रेष्ठले अर्काे गोल थपे । उनले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा मन्दीप राईले गोल गरे भने निशान श्रेष्ठले निरन्तर २ गोल गरेपछि खेल ७–० गोल अन्तरको स्थितिमा टुङ्गिएको थियो ।
खेलको म्यान अफ द म्याच धरान १३ का मिलन लिम्बू घोषित भएका थिए । उनले मेडल र एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका थिए ।
त्यस्तै आज भएको दोस्रो खेलमा धरान १८ धरान ५ लाई १–० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयसम्म दुबै टोली तर्फबाट गोल हुन सकेन । खेलको इन्जुरी समयमा धरान १८ को तर्फबाट निकेश राईले गोल गर्दै टोलीलाई जित दिलाए ।
उनले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकको अवसर सदुपयोग गर्दै गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि गोलकर्ता निकेश नै घोषित भएका थिए । उनले मेडल र नगद एक हजार पाँच सय पुरस्कार प्राप्त गरे ।
माघ २ गते नै फाइनल हुने
सरकारले कोरोना भाइरस फैलन सक्ने भन्दै विभिन्न क्षेत्रमा भीडलाई नियन्त्रण गर्ने निर्णय गरेसँगै गोधुली क्लबले पनि माघ २ गते नै फाइनल खेल गरेर प्रतियोगिताको अवधि छोट्याएको छ ।
माघ ८ गते फाइनल हुने तालिका बनाएको भए पनि नयाँ तालिका सार्वजनिक गर्दै माघ २ गते नै फाइनल खेल हुने क्लबले जनाएको छ । जस अनुसार अब दैनिक ४ वटा खेल हुने भएको छ ।












Discussion about this post