इटहरी : सुनसरीको रामधुनी नगरपालिका ७ मा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी रामधुनी ७ का २५ वर्षीय उमेश चौधरी रहेका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सेउती खोलामा को २ त ७६०४ नम्वरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुदा इन्जिनको भागले किचेर चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post