इटहरी (डेस्क) : इटहरीका एक युवक साढे ९ केजी चाँदीका गहनासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ५ शिवालयका ३० वर्षीय कुमार खाती रहेका छन् । उनलाई जनकपुरधाम ५ बाट ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।
प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औँठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post