झापा : झापाको भद्रपुर नगरपालिका ४ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् ।
मे १० प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल गाउँपालिका ७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post