तरहरा : इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा धनबहादुर पुरी र सञ्जीव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको ए टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।
फाइनलमा याम राई र नवराज बस्नेतलाई सोझो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माघे संक्रान्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । यस्तै, प्रतियोगिताको बी टिममा पाँच टिम सहभागी मध्ये किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको छ ।
विमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउँदै बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको विमला र सुनमायाको टिमले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । उमेरले ६६ बर्ष पुगेका किशोर राईको जोशिलो खेल खेलेका थिए ।
कार्यक्रम पूर्व भारतिय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले खेलले मानिसलाई अनुशासित बनाउने बताए । उमेरले ६३ वर्ष पुगेका राई अहिले पनि बिहान बेलुका उतिकै जोशका साथ ब्याडमिन्टन खेल्दै आएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स तरहरा प्रमुख सुजन श्रेष्ठले खेलले मानिसलाई स्वास्थ्य राख्ने बताए ।














Discussion about this post