मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका २ का एक जना युवकले कुटपिट गरेर आफ्नै पत्नीको हत्या गरेका छन् ।
यहाँका ३३ वर्षीय जय शर्माले पत्नी १९ वर्षीया पूजा विकको हत्या गरेको मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न विवाद हत्याको घटनासम्म पुगेको हो ।
पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
पत्नीको हत्यामा संलग्न उनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post