इटहरी : अहिले पूर्वका विभिन्न ठाउँमा आफैं आत्मर्निभर बन्नुपर्छ भन्ने उदाहरणको रूपमा युवाहरू आकर्षित बनेका छन् ।
आत्मनिर्भर बन्नुपर्छ भन्ने उदाहरणीय पात्रको रूपमा पछिल्लो समय इटहरी उपमहानगरपालिका २० तरहराका युवाहरू पनि सिकेको सीपको भरपूर प्रयोग गर्दै आएका छन् ।
मोटरसाइकल वा गाडीमा यात्रा गर्नेहरूले भोक, तिर्खा दुवैको तिर्सना मेट्ने ‘जक्सन’ को रूपमा यो ठाउँ परिचित बन्दै गएको छ । गाडी ड्राइभरसहित यात्रुहरूले आफू तिर्सना मेट्न यो थकाइ बिसाउँछन् ।
इटहरी उपमहानगरपालिका २० तरहरामा पर्ने पानीपिया जंगलमा अघिल्लो लकडाउनदेखि नै उखुको रस बेच्नेदेखि निगुरो बेच्नेसम्म सक्रिय भए । अहिले यहीँका कलेज पढ्दै गरेका केही युवाहरूले ठेलामा खाजा बेच्दै आएकाले युवाहरू आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने उदाहरण बनेको साबित भएको छ ।
धरान जाने मुख्य ‘हाईवे’ मा अहिले बिहानदेखि नै चहलपहल हुन्छ । चारकोशे क्षेत्रमा पर्ने यो ठाउँमा गर्मीयाममा वा दिउँसोको समयमा उखुको जुस पिउनेदेखि चटपटे खानेसम्म भेला हुन्छन् । त्यसो त दिउँसो वा साँझको समयमा चिया, खाजा खानेहरू पनि उत्तिकै हुन्छन् । यहाँ करीब आधा दर्जन ठेलामा पसल गर्नेहरू छन् ।
मोटरसाइकल वा गाडीमा यात्रा गर्नेहरूले भोक, तिर्खा दुवैको तिर्सना मेट्ने ‘जक्सन’ को रूपमा यो ठाउँ परिचित बन्दै गएको छ । गाडी ड्राइभरसहित यात्रुहरूले आफू तिर्सना मेट्न यो थकाइ बिसाउँछन् ।
यहाँ यस्तै आधा दर्जन बढी पसलहरू सञ्चालनमा छन् । कसैले उखुको रस, कसैले चटपटे, कसैले जाडोयाममा भक्का, आलुचप जस्ता खानेकुरा यात्रुलाई लक्षित गरेर विक्री गर्दै आएका छन् । अहिले यो ठाउँ इटहरीको एउटा छुट्टै चोकको रूपमा स्थापित भएको छ ।
‘बाटोमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरेर चिया, खाजा खाने ठाउँ सञ्चालन गरिएको छ,’ सञ्चालकमध्येका नीतन तामाङले भने, ‘चारजनाले सुरु गरेको खाजा पसलमा दैनिक दस हजारसम्मको विक्री हुने गरेको छ ।’ उनका अनुसार राम्रै व्यापार भएको दिन दस हजार सम्मको व्यापार भएको छ ।
होटल म्यानेजमेन्ट पढ्दै गरेका नीतनसहित उनका साथीहरू भीषण गुरुङ, सन्देश लिम्बू, अर्जुन थापा, रुपेश गिरी (टुक्स) लगायतले पकाएर टपरीमा खाजा दिने गरेका छन् । ‘टपरीमा खाजा दिँदा युनिक पनि हुने, माझ्नु पनि नपर्ने,’ तामाङले टाकुरासँग भने, ‘बाटोमा भेटिएका मानिसहरूले रुखको छायाँमुनि मीठो खाजासँगै थकाइ मेट्ने चौतारो भएको छ ।’

यहाँ यस्तै आधा दर्जन बढी पसलहरू सञ्चालनमा छन् । कसैले उखुको रस, कसैले चटपटे, कसैले जाडोयाममा भक्का, आलुचप जस्ता खानेकुरा यात्रुलाई लक्षित गरेर विक्री गर्दै आएका छन् । अहिले यो ठाउँ इटहरीको एउटा छुट्टै चोकको रूपमा स्थापित भएको छ ।
इटहरीको चारकोशे क्षेत्रमा पर्ने यी ठाउँका मानिसहरूको परिश्रम हेरेर धेरैजसोले अहिले आफैं मिहिनेत गर्नुपर्छ भन्ने उदाहरण सिकेका छन् ।

Discussion about this post