तरहरा : स्कुटर चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका २० तरहराका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा इटहरी २० तरहराका जीतबहादुर राई र सोही स्थानका दिनेश दर्नाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले पौष २८ गते राति १ बजेको समयमा जिल्ला इटहरी १९ सूर्य टोल बस्ने मदिका राईको घरबाट प्र १–०२–०४३ प ८६९९ नम्बरको स्कुटर चोरी गरेका थिए ।
खोजी गर्ने क्रममा बिहीबार राति साढे ८ बजे चोरीको स्कुटरसहित पटेरुवाबाट चोरीमा संलग्न जिल्ला उनीहरूलाई पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post