इटहरी : प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए ।
उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ, प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौँ ।’
प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गर्ने उनले बताए ।














Discussion about this post