धरान : धरान ९ की एक कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।
वीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणी पोखरेलका अनुसार कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान ९ की ७६ वर्षीय वृद्ध महिलाको आज बिहान १ बजे मृत्यु भएको हो ।
शुक्रवार कोरोना संक्रमण पुष्टि भएकोमा उनलाई हिजै प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मृतक पहिले देखिनै दीर्घ रोगी रहेको र कोरोना विरुद्धको खोप पनि लगाइसकेको प्रतिष्ठानले जनाएको छ ।
मृतकको शवको ब्यव्स्थापन नियमानुसार हुने प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post