झापा : झापामा भारतीय सीमा नजिक बेवारिसे अवस्थामा ठूलो परिमाणको विस्फोटक पदार्थ फेला पारेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाउँबाट विस्फोटक पदार्थ इलेकट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान फेला परेको हो ।
विस्फोटक पदार्थ बरामद गरेको स्थान भने नेपाल भारतको सीमा पिलर ९०–१ र ९०–२ नम्बरको बीचमा मेची नदीको किनार नजिक पर्छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा विस्फोटक पदार्थ फेला परेको जनाइएको छ ।
१ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले नेपाल भारत सीमाको नजिक बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद भएको जानकारी दिए ।




















Discussion about this post