धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन धरानका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार करिब तीन घण्टाको फरकमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका १० का ५८ वर्षीय पुरूष र धरान ११ का ६३ वर्षीय पुरुष रहेका छन् ।
उनीहरूको आज (बुधबार) बिहान मृत्यु भएको हो ।
मिर्गौलासम्बन्धी समस्या भएका ५८ वर्षीय पुरूषमा माघ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
मधुमेहका रोगी समेत रहेका ६३ वर्षीय पुरुषमा भने माघ १२ गते संक्रमण पुष्टि भएको थियो । उनले कोरोनाविरुद्धको खोप नलगाएको पोखरेलले जानकारी दिए ।














Discussion about this post